२०८२ मंसिर २ गते मंगलवार
काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर नेकपा एमाले र सात राजनीतिक दलहरूबिच आरोप प्रत्यारोप जारी छ ।
नेकपा एमालेका नेता कार्यकर्ताले आज संविधानलाई रक्षा गरौँ, नवनियुक्त मुख्यमन्त्री माननीय सरोज कुमार यादवलाई काम गर्न दिउ, भन्ने नारासहित जनकपुरको जनकचोक मन्दिर परिसरमा धर्ना दिएका छन् ।
यता भने सात राजनीतिक दलहरूले मुख्यमन्त्रीको बर्खास्तीको मागसहित मधेस भवन अगाडि धर्ना दिई विरोध कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij