Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

आज पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै

आज पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै


  • 379
    Shares

    आज पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै
    images

    काठमाडौं । पशुपतिनाथको मणि मुकुट, कबज, एकमुखे रुद्राक्षलगायत प्राचीन सामग्रीको प्रदर्शन गरिँदै छ । पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र मार्गशीर्ष कृष्ण आमावास्याका दिन नागमणि, मुकुट, कबज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना आदि सामग्री सर्वसाधारणलाई देखाउने परम्परा छ ।

    यही परम्पराअनुसार आज बिहान १०:०० देखि ११:३० बजेसम्म सुरक्षा निकायको सहयोग लिएर नागमणि, मुकुट, कबज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना देखाउन लागिएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिएका छन्।

    त्यसैगरी, मार्गशीर्ष कृष्ण आमावास्याका दिन मङ्सिर ४ गते बिहीबार बिहान ९ः०० देखि ११ः४५ बजेसम्म पनि सुरक्षा निकायको सहयोग लिएर नागमणि, मुकुट, कबज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना देखाइने उनले बताएका छन् । 

    मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन विगत एक वर्ष सुरक्षित रूपमा यी सामग्री राखिएको र मार्गशीर्ष कृष्ण आमावास्याका दिन आगामी एक वर्ष यी सामग्री सुरक्षित रूपमा राखिन्छ भनी यी सामग्री देखाउने परम्परा रहिआएको कोषले जानकारी दिएको छ ।

    प्रकाशित मिति :मंसिर २ २०८२ मंगलवार - १०:२७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij