Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

राष्ट्रिय परिवर्तन पार्टीले पायो दल दर्ताको प्रमाणपत्र

राष्ट्रिय परिवर्तन पार्टीले पायो दल दर्ताको प्रमाणपत्र


  • 540
    Shares

    राष्ट्रिय परिवर्तन पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
    images

    काठमाडौं । राष्ट्रिय परिवर्तन पार्टीले दल दर्ताको प्रमाणपत्र पाएको छ । पार्टीको अध्यक्षमा राजेश पटेल रहेका छन् । पटेल गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्ति हुन् ।

    यो पार्टीको चुनाव चिह्न बाँसुरी रहेको छ भने गत कात्तिक २ गते दल दर्ताको निवेदन दिएका दिए । सोमबार दल दर्ताको प्रमाणपत्र पाएका हुन् ।

    निर्वाचन आयोगबाट पार्टीको आधिकारिक प्रमाणपत्र प्राप्त गर्नुलाई उनीहरूले ऐतिहासिक क्षण भनेका छन् । निर्वाचन आयोग परिसरमै उनीहरूले पत्रकारलाई बाँडेको ब्रिफिङमा भनिएको छ, ‘यो केवल एउटा पार्टी दर्ता भएको प्रमाणपत्र होइन, यो जेनजी आन्दोलनमा घाइते भएका सबै वीर युवाहरूको पीडा, अधिकार र न्यायको पक्षमा उभिने हाम्रो अटल वाचाको प्रमाणपत्र हो ।’

     

    प्रकाशित मिति :मंसिर १ २०८२ सोमवार - १७:३५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij