Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

केपी ओलीले बनाईदिएको क्रिकेट स्टेडियम जुँगा मुसार्दै कुलमान घिसिङले उद्घाटन गर्नुभयोः महेश बस्नेत

केपी ओलीले बनाईदिएको क्रिकेट स्टेडियम जुँगा मुसार्दै कुलमान घिसिङले उद्घाटन गर्नुभयोः महेश बस्नेत


  • 617
    Shares

    केपी ओलीले बनाईदिएको क्रिकेट स्टेडियम जुँगा मुसार्दै कुलमान घिसिङले उद्घाटन गर्नुभयोः महेश बस्नेत
    images

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत केपी ओलीले निर्माण गरेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको कुलमान घिसिङले जुँगा मुसार्दै उद्घाटन गरेको बताएका छन् ।
     
    उनले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै क्रिकेट रंगशाला बनाउने गरेको उल्लेख गरेका थिए । केपी ओलीले बनाईदिएको क्रिकेट स्टेडियम सामाजिक सञ्जालमा आफूलाई हिरोको रुपमा प्रश्तुत गर्ने कुलमान घिसिङले जुँगा मुसार्दै उद्घाटन गरेको उनको टिप्पणी रहेको छ । शहरी विकासमन्त्री कुलमान घिसिङले आईतवार साँझ स्तरोन्नती गरिएको त्रिवि मैदानको उद्घाटनसंगै नेपाल क्रिकेट संघलाई हस्तान्तरण गरेका थिए । 

    उनले हरेक विकास निर्माणमा नेकपा एमाले र केपी ओलीको याद आउने पनि दाबी गरेका छन्। उनले सोमवारबाट नेपालमा हशुरु भएको एनपीएल क्रिकेट खेलको जगतमा निकै महत्वपूर्ण भएको पनि बताएका छन् । क्रिकेट खेल हेर्ने दर्शकलाई किर्तिपुरको ठुलो रुखको हाँगामा चढेर हेनुपर्ने बाध्यता अब अन्त्य भएको उनको भनाई छ ।

    उनले भने, ‘आजबाट नेपालमा एनपीएल सुरु हुँदैछ । क्रिकेट खेलको जगतमा यो प्रिमियम लिग निकै महत्वपूर्ण लिग हो । धेरै पुरानो कथा होईन, चारपाँच वर्ष अगाडीसम्म पनि क्रिकेट खेल हेर्ने दर्शकहरु किर्तिपुरको ठुलो रुखको हाँगामा चढेर हेनुपथ्र्यो र कुन बेला हाँगो भाँचिएला र जोखिमपुर्ण दुर्घटनामा परिएला भन्ने चिन्ताले ग्रसित हुनुहुन्थ्यो । केपी शर्मा ओलीज्युले अघिल्लो कार्यकालमा प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै उहाँले भन्नुभयो र म यो क्रिकेट स्टेडियम तिब्र गतिमा बनााउँछु भनेर उद्घोष गर्नुभयो, तोकिएको समयभन्दा अलि ढिला भयो । केपी ओलीले बनाईदिएको क्रिकेट स्टेडियम सामाजिक सञ्जालमा आफूलाई हिरोको रुपमा प्रश्तुत गर्ने कुलमान घिसिङले हिजो जुँगा मुसार्दै उद्घाटन गर्नुभयो । 

    उनले कतिपय साहित्यकारहरुले ओली याद आउने चिजहरु सबै भत्काईदेउ भनेर व्यङ्ग्यात्मक कविता नै लेखेको उल्लेख गरेका छन् । 

     

    प्रकाशित मिति :मंसिर १ २०८२ सोमवार - १७:१८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij