Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

पूर्वआईजीपी सर्वेन्द्र खनाल दल दर्ताको निवेदन लिएर निर्वाचन आयोगमा

पूर्वआईजीपी सर्वेन्द्र खनाल दल दर्ताको निवेदन लिएर निर्वाचन आयोगमा


  • 323
    Shares

    पूर्वआईजीपी सर्वेन्द्र खनाल दल दर्ताको निवेदन लिएर निर्वाचन आयोगमा
    images

    काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले पनि नयाँ राजनीतिक पार्टी गठन गर्ने भएका छन् । दल दर्ताको निवेदन लिएर उनको समूह निर्वाचन आयोगमा पुगेको छ ।

    खनालले ‘समुन्नत नेपाल पार्टी’ नाममा दल दर्ता गर्न लागेका हुन् । यो पार्टीको अध्यक्ष उनी आफैं रहनेछन् । हिजो नै यो दल दर्ताका लागि राजबाबु यादवका नाममा निवेदन परेको थियो । आज खनाल स्वयम् गएर निवेदन संसोधन गर्दै अध्यक्षमा आफ्नो नाम राखेका हुन् ।

    उक्त दलमा ३५ जनाको केन्द्रीय समिति प्रस्ताव गरिएको छ । महासचिवमा बालकृष्ण पण्डितको नाम छ । आफ्नो पार्टीलाई पूर्व सुरक्षाअधिकारीहरुको ठूलो समूहले साथ दिने खनालले दावी गरेका छन् ।

    प्रकाशित मिति :मंसिर १ २०८२ सोमवार - १६:११:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij