२०८२ कार्तिक २७ गते बिहिवार
काठमाडौं । रुपन्देहीको चरङ्गेमा किङ कोब्रा सर्प भेटिएको छ। सर्प उद्दारकर्ता बिशाल पाण्डेका अनुसार चरङ्गेमा भेटिएको किंग कोब्राको लम्बाई १२ फिट ३ ईन्च र ७ किलो २ सय ग्राम तौल रहेको थियो।
पहाडी भेगमा पाइने किङ कोब्रा तराई क्षेत्र रूपन्देहीमा भेटिएको यो पहिलोपटक हो । तीन घण्टाको मेहनतमा किंग कोब्रा समाइएको थियो।
उद्धारपछि किङ कोब्रालाई डिभिजन वन कार्यालयको रोहवरमा सर्जमिन गरी जिल्लाकै घना जंगल क्षेत्रमा पुनः छोडिएको देवदह–१० का वडाध्यक्ष एकबहादुर सुनारले बताएका छन् ।
अत्यन्त विषालु प्रजातिको सर्प भए पनि नेपालमा भने यसले मानिसलाई टोकेको जानकारी नभएको विज्ञहरू बताएका छन् । “नेपालमा पाइने ८२ प्रजातिका सर्पमध्ये किङ कोब्रा अत्यन्त न्यून रहेको र यसले आहाराका रूपमा अन्य प्रजातिको सर्प खाने गर्छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij