२०८२ कार्तिक २८ गते शुक्रवार
काठमाडौं । पानीका भाडा खाली राख्नु धार्मिक र वास्तुशास्त्र अनुसार नकारात्मक ऊर्जा प्रवेश गर्छ भन्ने मान्यता छ।
बुढापाकाले पनि बेलुका पानीका भाडा भरेर मात्र सुत्नु पर्छ भन्ने गरेको सुन्दै आएका छौँ ।
राति सुत्नु अघि घरमा नियमित रुपमा पानी राख्ने भाँडाहरू भरेर सुत्नु राम्रो हुने धार्मिक मान्यता रहेको छ । पानीका भाँडाहरू खाली राखेर सुत्दा घरमा धनकी देवी लक्ष्मीको बास हुँदैन भनिन्छ ।
भगवानको कृपा पाउनका लागि पानीको भाँडो सधैँ भरी राखी गंगाजल र तुलसीको पात सधैँ पूजाको पानीको भाँडामा राख्दा भगवानको कृपा सधैँ रहन्छ र घरमा सुख–समृद्धि आउने शास्त्रीय मान्यता रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij