Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

व्रह्मा मन्दिरमा ४० वर्षपछि मूर्ति पुनःस्थापना

व्रह्मा मन्दिरमा ४० वर्षपछि मूर्ति पुनःस्थापना


  • 323
    Shares

    व्रह्मा मन्दिरमा ४० वर्षपछि मूर्ति पुनःस्थापना
    images

    काठमाडौं । छैटौँ शताब्दीमा बनेको ऐतिहासिक व्रह्माको मूर्ति मन्दिरमा पुनःस्थापना गरिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ८ को पहलमा पाशुपति क्षेत्रमा मन्दिर निर्माण गरी मूर्तिको पुनःस्थापना गरिएको हो । 

    उक्त ऐतिहासिक मूर्ति ४० वर्षदेखि गौशला प्रहरी वृतमा रहेको थियो । पञ्चाङ्ग निर्णायक समितिले दिएको समयअनुसार सोमवार बिहान बाजागाजासहित रथारोहण गरेर मूर्तिलाई प्रहरी वृतबाट मन्दिरमा लगिएको हो । काठमाडौं महानगर वडा नम्बर ८ का अध्यक्ष आशामान सङ्गतले हराएर भेट्टाएपछि प्रहरीले सुरक्षित रुपमा प्रहरी वृत गौशलामा मूर्तिलाई राखेको जानकारी दिए। 

    उनले मन्दिर पुनर्निर्माण गरिसकेपछि सोमवार मूर्तिको पुनःस्थापना गरिएको बताए। उनका अनुसार मन्दिरको औपचारिक उद्घाटन भने कात्तिक २१ गते काठमाडौं महानगरप्रमुख बालेन्द्र शाहको उपस्थितिमा हुनेछ । सर्वसाधारणको लागि पनि कात्तिक २१ पछि नै पूजाआजाको लागि मन्दिर खुला गरिने उनले जानकारी दिए । उनले व्रह्माको मूर्ति नेपालमा यही एउटा मात्रै भएको बताए। उनले विष्णुको मूर्ति पनि रहेको र त्यसलाई पनि पुनर्निर्माणको लागि वडा कार्यलयले काम गरिरहेको जानकारी दिए। 

    छैटौँ शताब्दीमा निर्माण भएको व्रह्माको चतुरमुख मूर्तिसहितको ऐतिहासिक मन्दिर १९९० सालको भूकम्पभन्दा अगाडि नै भत्किएको थियो । भत्केपछि भग्नावशेष मात्र रहेकाले मूर्ति हराएको थियो । उक्त मूर्ति पछि धोबीखोलामा भेट्टाएर ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा राखिएको थियो । मूर्ति 

    पुनःस्थापना कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता ढंगोल, वडाध्यक्ष सङ्गत, वडा सदस्यहरु, सम्पदाविद्, संस्कृतिविद् लगायत स्थानियको उपस्थिति रहेको थियो । 

    प्रकाशित मिति :कार्तिक १७ २०८२ सोमवार - १२:११:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij