Logo

२०८२ कार्तिक १० गते सोमवार

२०८२ कार्तिक १० गते सोमवार

स्वागत नेपालसँग प्रहरीले लियो बयान

स्वागत नेपालसँग प्रहरीले लियो बयान


  • 799
    Shares

    स्वागत नेपालसँग प्रहरीले लियो बयान
    images

    काठमाडौं । अधिवक्ता स्वागत नेपालसँग प्रहरीको केन्द्रीय साइबर ब्यूरोले सोधपुछ गरेको छ । ब्यूरोले बोलाएपछि उनी आइतबार भोटाहिटी स्थित ब्यूरोको कार्यालयमा उपस्थित भएका थिए ।

    अनुसन्धान अधिकृतहरूले अधिवक्ता नेपालसँग अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबारे गरेको टिप्पणीबारे सोधपुछ गरेका हुन् । अधिवक्ता नेपालसँग सोधपुछ गरिएको साइबर ब्यूरोका प्रवक्ता (एसपी) दीपकराज अवस्थीले बताएका छन् ।

    एक अन्तर्वार्तामा अधिवक्ता नेपालले प्रधानमन्त्री कार्कीको नियुक्ती गैरकानुनी भएको र उनी नैतिकताको आधारमा पदम बस्न नमिल्ने दाबी गरेका छन् । सोमबार छठको बिदा परेको हुनाले नेपालसँग मंगलबार फेरी सोधपुछ गरिने प्रवक्ता अवस्थीले बताएका छन् । 

     

    प्रकाशित मिति :कार्तिक १० २०८२ सोमवार - १५:५२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij