Logo

२०८२ कार्तिक १० गते सोमवार

२०८२ कार्तिक १० गते सोमवार

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा सहभागी हुन मन्त्री घिसिङ भारत प्रस्थान

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा सहभागी हुन मन्त्री घिसिङ भारत प्रस्थान


  • 694
    Shares

    अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा सहभागी हुन मन्त्री  घिसिङ भारत प्रस्थान
    images

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं सभामा भाग लिन सोमवार अपरान्ह भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

    ४० भन्दा बढी देशका मन्त्री सहभागी हुने सभा नयाँ दिल्लीमा १०-१३ कात्तिकमा हुने छ । आइएसएमा आवद्ध सदस्य राष्ट्रका ऊर्जा मन्त्रीहरू र प्रतिनिधिहरूबीच सौर्य ऊर्जा प्रवद्र्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा सहकार्यका अवसरलगायतका विषयमा उच्चस्तरीय छलफल हुने सभामा मन्त्री घिसिङले नेपालकोतर्फबाट सहभागिता जनाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जा उपयोग विस्तार गर्न प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यस कार्यक्रममा सहभागिता जनाएको हो । मन्त्री घिसिङले बृहत् स्तरको स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा  विश्व अन्तरआवद्धताको परिकल्पनाबारे सभाको विषयगत सत्रमा मुख्य÷विशेष सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ । 

    महासभामा सहभागी मन्त्री घिसिङ बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    प्रकाशित मिति :कार्तिक १० २०८२ सोमवार - १५:२०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij