Logo

२०८२ कार्तिक १० गते सोमवार

२०८२ कार्तिक १० गते सोमवार

जेनजी आन्दोलनका शहीद र घाईतेहरुको बलिदान खेर जान दिनु हुँदैनः मन्त्री गौतम

जेनजी आन्दोलनका शहीद र घाईतेहरुको बलिदान खेर जान दिनु हुँदैनः मन्त्री गौतम


  • 456
    Shares

    जेनजी आन्दोलनका शहीद र घाईतेहरुको बलिदान खेर जान दिनु हुँदैनः मन्त्री गौतम
    images

    काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले जेनजी आन्दोलनका शहीद र घाईतेहरुको बलिदान खेर जान दिन नहुने बताएकी छिन् । 

    सोमवार बिहान सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत जेन जी आन्दोलनका घाईतेहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएकी हुन् । उनले केएमसी अस्पतालले जेन जी आन्दोलनका क्रममा घाईते भएका ८३ जनाको उपचार गरेको र २ जना मात्रै अहिले उपचाररत रहेको बताइन। उपचाररत घाईतेमध्ये एक जना महिला रहनुभएको र उहाँमाथि आन्दोलनका क्रममा पेट्रोल बम प्रहार भएको पाइएको छ । 

    अर्को एक घाईते गोली लागेर उपचाररत रहेको जानकारी दिएकी छिन्। दुवै घाईतेको अवस्था सुधारोन्मुख रहेको बताइन्। शहीदको बलिदान खेर जान नदिनेतर्फ आफूहरु सचेत रहेको र जेन जीहरुको भ्रष्टाचार हुनु नहुने, सुशासन कायम हुनुपर्ने मागलाई बिर्सन नहुने बताएकी छिन् ।   

    उनले भनिन्, ‘केएमसीबाट ८३ जना जेन जी घाईतेहरुलाई उपचार गरिसक्नुभएको रहेछ । अहिले मैले २ जना बिरामी हेरेँ । अरु सन्चो भएर जानुभयो । एक जना महिलामाथि आन्दोलनका क्रममा पेट्रोम बम प्रहार भएको रहेछ, त्यो हेर्दा साह्रै दुःख लाग्यो । जेन जी छोरा रहेछन् । अर्को एक व्यक्तिलाई गोली लागेको रहेछ । उहाँको अवस्था जटिल नै छ । उहाँको अवस्था पनि सुधारोन्मुख रहेछ । उपचारमा अस्पतालले धेरै राम्रो गरेको रहेछ । यत्रो शहीद र घाइतेको बलिदान खेर जानु हुँदैन । हामी सबै त्यसतर्फ सचेत छौँ । गुड गभर्नेन्सको मुद्दा हामीले बिर्सिनु हुँदैन ।’

    प्रकाशित मिति :कार्तिक १० २०८२ सोमवार - ११:५०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij