Logo

२०८२ कार्तिक १० गते सोमवार

२०८२ कार्तिक १० गते सोमवार

जात्रा हेर्न गएका युवकको हत्या, ६ जना पक्राउ

जात्रा हेर्न गएका युवकको हत्या, ६ जना पक्राउ


  • 491
    Shares

    जात्रा हेर्न गएका युवकको हत्या, ६ जना पक्राउ
    images

    काठमाडौं । चाडपर्वको समयमा लाग्ने भुवा जात्रा हेर्न पुगेका दैलेखका एक युवकको हत्या भएको छ । जाजरकोटको जुनीचाँदे गाउँपालिका-८ पंक भन्ने ठाउँमा जात्रा हेर्न पुगेका दैलेख नौमुले गाउँपालिका-४, उत्तिसेनीका ३९ वर्षीय लाल बहादुर पुन मगरको हत्या भएको हो । 

    जाजरकोट प्रहरीका अनुसार, जुनीचाँदे गाउँपालिकाको पंकस्थित दलसरा रावतको बारीमा मेलाको क्रममा ४ गते बिहान करिब ३ बजे लाल बहादुरलाई कुटपिट गरी गम्भीर घाइते बनाइएको थियो । ५ गते पुन मगर आफ्ना साथीहरूसँग घर जाने भन्दै सोही ठाउँको पंक गाउँमा रहेको दलवीर रावतको घरमा पुगेका थिए । सोही रात भान्छा कोठामा सुतेका पुन मगर कात्तिक ६ गते बिहान मृत अवस्थामा फेला परेका थिए ।

    घटनालगत्तै हत्यामा संलग्न व्यक्तिहरू फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय जाजरकोट र जिल्ला प्रहरी कार्यालय दैलेखको समन्वयमा कात्तिक ७ गते विभिन्न स्थानबाट फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक हरिराम डाँगीले बताएका छन् ।

    पक्राउ पर्नेहरूमा दैलेख नौमुले गाउँपालिका-४, कै भित्रिखोलाका पदम बहादुर रोका मगर, नर बहादुर गुरुङ, वीरेन्द्र रोका मगर, तिलक घर्ती मगर, लक्ष्मण सुनार र कमल रानामगर रहेका छन् ।

    प्रकाशित मिति :कार्तिक १० २०८२ सोमवार - ०९:४८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij