Logo

२०८२ चैत्र १४ गते शनिवार

२०८२ चैत्र १४ गते शनिवार

कर्मचारीहरुलाई नवनियुक्त स्वास्थ्यमन्त्री गौतमको चेतावनी– ‘कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्’

कर्मचारीहरुलाई नवनियुक्त स्वास्थ्यमन्त्री गौतमको चेतावनी– ‘कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्’


  • 1.5K
    Shares

    • images
    कर्मचारीहरुलाई नवनियुक्त स्वास्थ्यमन्त्री गौतमको चेतावनी– ‘कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्’

    वनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रालयभित्र आर्थिक र प्रशासनिक पारदर्शिता कायम राख्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । 


    पदभार ग्रहणलगत्तै मन्त्रालयका कर्मचारीहरुसँगको छलफलमा बोल्दै  मन्त्री गौतमले यस्तो निर्देशन दिनुभएको हो । मन्त्रालयको कुनैपनि तहबाट आर्थिक अनियमितता एवं भ्रष्टाचार नगर्न उहाँले चेतावनी दिनुभयो । उहाँले मन्त्रालयअन्तर्गतका शाखा एवं विभागहरुबाट प्रवाह हुने सेवा समेत नागरिकमैत्री बनाउन निर्देशन दिनुभयो । उहाँले सेवा प्रवाहका क्रममा नागरिकलाई झुल्याउनु समेत भ्रष्टाचार भएको भन्दै यस्तो कार्य नगर्न चेतावनी दिनुभयो । 
    उहाँले भन्नुभयो, ‘कुनैपनि स्तरमा कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस् । आर्थिक एवं प्रशासनिक रुपमा कुनै पनि गलत काम गर्नु भएन । सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई दुःख दिने, काखापाखा गर्ने कार्य समेत भ्रष्टाचारकै अंगहरु हुन् । त्यसकारण हामीले त्यस्तो नहोस् भन्ने कुरामा ख्याल गर्नुपर्छ । म सचिवको रुपमा यो मन्त्रालयमा काम गर्दा भ्रष्टाचारसँग कसरी जुध्ने भन्ने नै मेरो मुख्य चुनौती थियो । प्रशासनिक रुपमा जति गर्नुपथ्र्यो गरेँ । तर राजनीतिकस्तरको कुरालाई प्रशासनिक कुराले ह्याण्डल गर्न सक्दैन नि । त्यसकारण मैले अलग हुनु नै ठिक ठानेर राजीनामा गरेँ ।’

    पूर्वस्वास्थ्य सचिव समेत रहनुभएकी उहाँले तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको सल्लाहकार समेत रहनुभएको थियो ।

    प्रकाशित मिति :कार्तिक ९ २०८२ आइतवार - १७:०३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij