Logo

२०८२ कार्तिक ९ गते आइतवार

२०८२ कार्तिक ९ गते आइतवार

तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि प्रधानमन्त्री कार्कीको काँधमा अझै ७ मन्त्रालय

तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि प्रधानमन्त्री कार्कीको काँधमा अझै ७ मन्त्रालय


  • 897
    Shares

    तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि प्रधानमन्त्री कार्कीको काँधमा अझै  ७ मन्त्रालय
    images

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गरेकी डा.सुधा गौतम र युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिए ।

    तर तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि कार्कीको काँधमा अझै पनि ७ मन्त्रालय रहेका छन् । राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार अझै कार्कीको काँधमा परराष्ट्र, रक्षा, खानेपानी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रहेका हुन् ।

    आइतबारको विस्तारसँग मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । प्रधानमन्त्री कार्कीबाहेक दुई मन्त्रीले तीन÷तीन र एक मन्त्रीले दुई मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । बाँकी रहेका मन्त्रीले भने एक एक मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

    scan_20251026_8ImRM9kNVB.jpg

     

    प्रकाशित मिति :कार्तिक ९ २०८२ आइतवार - १७:०२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij