Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

जेनजी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा स्थापना गर्ने स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय

जेनजी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा स्थापना गर्ने स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय


  • 1.5K
    Shares

    जेनजी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा स्थापना गर्ने  स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय

    काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छिन् । शीतल निवासमा शपथग्रहण गरेपछि उनले मन्त्रालयमा आएर कार्यभार ग्रहण गरेकी हुन् ।

    पहिलो निर्णयका रूपमा मन्त्री शर्माले आन्दोलनबाट प्रभावित घाइते लगायत सबै व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी छिन् ।  

    शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्री नियुक्त गरेका थिए ।

    यससँगै  मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ । शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छिन् भने गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका हुन् ।

     

    प्रकाशित मिति :कार्तिक ९ २०८२ आइतवार - १६:३३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij