Logo

२०८२ कार्तिक ९ गते आइतवार

२०८२ कार्तिक ९ गते आइतवार

तिहारमा २६ वटा सवारी दुर्घटनामा चार जनाको मृत्यु

तिहारमा २६ वटा सवारी दुर्घटनामा चार जनाको मृत्यु


  • 631
    Shares

    तिहारमा २६ वटा सवारी दुर्घटनामा चार जनाको मृत्यु
    images

    काठमाडौं । तिहारमा नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा भएका विभिन्न दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन् । कात्तिक १ गतेदेखि कात्तिक ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा २६ वटा सवारी दुर्घटना भएका प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार जिल्लामा भएका सवारीसाधन दुर्घटनामा परी ४८ जना घाइते भएका छन् । दुर्घटनामा संलग्न सवारीसाधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेका नेपालले बताए । दुर्घटनामा २६ वटा मोटरसाइकल, आठ वटा स्कुटरसहित तेलको ट्याङ्कर तथा अटो रिक्सालगायत छ वटा सवारीसाधन संलग्न रहेका नेपालको भनाइ छ ।

    जिल्लामा भित्री सडकखण्डमा सबैभन्दा बढी दुर्घटना भएका उनले जानकारी दिए । जिल्लामा भएका दुर्घटनाका कारण तीव्र गति, सडकको अवस्था तथा चालकको लापरबाही रहेको उनले उल्लेख गरे । ट्राफिक नियम पालना नगरी सवारीसाधन चलाउँदा हुने दुर्घटनाबाट धेरै क्षति हुने गरेको नेपालले बताए ।

    प्रकाशित मिति :कार्तिक ९ २०८२ आइतवार - १६:२६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij