२०८२ कार्तिक ९ गते आइतवार
काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र त्यसपछि भएको आगजनीको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध सर्वोच्चमा रिट पेस भएको छ ।
अधिवक्ता विपिन ढकालले आइतबार आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितलाई विपक्षी बनाएर रिट पेस भएको र रिट निवेदन अध्ययनका क्रममा रहेको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताएका छन् ।
आयोगका दुई पदाधिकारीहरू पूर्वाग्रही र विषयवस्तुवारे तटस्थ नभएको अवस्थामा भण्डारीले समेत त्यसमाथि प्रश्न उठाउन नसकेको आरोप रिट निवेदनमा छ ।
जेनजी आन्दोलनपछि भएको जनधनको क्षतिबारे जाँचबुझ गर्न सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij