Logo

२०८२ कार्तिक ९ गते आइतवार

२०८२ कार्तिक ९ गते आइतवार

चौतर्फी आलोचनापछि कार्कीले रोकिन् खगेन्द्रको सुनारको शपथ

चौतर्फी आलोचनापछि कार्कीले रोकिन् खगेन्द्रको सुनारको शपथ


  • 561
    Shares

    चौतर्फी आलोचनापछि कार्कीले रोकिन् खगेन्द्रको सुनारको शपथ
    images

    काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस खगेन्द्र सुनारको शपथ नहुने भएको छ । फौजदारी मुद्दामा प्रतिवादी रहेको खुलासा भएपछि उनको शपथ नहुने भएको हो ।  

    प्रधानमन्त्री सुशीला कार्कीले आइतबार बिहान राष्ट्रपति कार्यालयमा पठाएको नामावलीमा सुनारलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाउने उल्लेख थियो । अहिले प्रधानमन्त्री कार्कीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले राष्ट्रपति कार्यालय पुगेर सुनारलाई शपथ नगराउने जानकारी गराएका राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।
     
    यता प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव  श्रेष्ठले भने सुनारको नाम मन्त्रीको लिस्टमा समावेश नै नरहेको दाबी गरेका छन् । तर उनको यो दाबी सुनारविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको विवरण सार्वजनिक भएपछि आएको हो ।

    स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात गरेका कसुरमा प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले उनलाई समेत प्रतिवादी बनाएर दायर गरेको मुद्दामा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

    त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठको पनि शपथ नहुने भएको छ । उनको के कारणले शपथ रोकिएको भन्ने बताइएको छैन ।

    डा। सुधा शर्मा गौतम, र बब्लु गुप्ताले भने आजै शपथ लिँदैछन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    प्रकाशित मिति :कार्तिक ९ २०८२ आइतवार - १४:२९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij