२०८२ कार्तिक ९ गते आइतवार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिमण्डलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नियुक्त हुन लागेका खगेन्द्र सुनारको नाममा विवाद भएपछि अहिले छलफल चलिरहेको छ । उच्च स्रोतका अनुसार, उनलाई मन्त्रीको शपथ खुवाउने कि नखुवाउने भन्नेबारे अहिले छलफल भइरहेको हो ।
सुनारविरुद्ध विभिन्न फौजदारी अभियोगमा मुद्दैमुद्दा रहेको पाइएको छ भने तीन वटा अदालतमा मुद्दा विचाराधीन रहेको र पक्राउ पुर्जीसमेत जारी भएको पाइएको छ ।
अन्य मन्त्रीहरूमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ र बब्लु गुप्ता छन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय र श्रेष्ठलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij