Logo

२०८२ कार्तिक ४ गते मंगलवार

२०८२ कार्तिक ४ गते मंगलवार

बोतलमा राखेर बेचिने पेट्रोलका कारण किराना पसलै खरानी

बोतलमा राखेर बेचिने पेट्रोलका कारण किराना पसलै खरानी


  • 260
    Shares

    बोतलमा राखेर बेचिने पेट्रोलका कारण किराना पसलै खरानी
    images

    राजविराज । बोतलमा राखेर बेचिने पेट्रोलबाट उत्पन्न हुन सक्ने जोखिम थाहा नुहदा यहाँ एक महिलाले ऋण कर्जा लिएर संचालन गरेको पसल गुमाएकी छिन । राजविराज–७ की ३९ वर्षिया मञ्जु राउतले जेलगार्ड सडक खण्डमा संचालन गर्दै आएको किराना पसल गुमाएकी हुन ।

    एक लाख रुपैया बैंकबाट ऋण लिई कटघरा (काठ र टिनले बनेको पसल) मा संचालन गर्दै आएको उनको किराना पसल बोतलमा राखेर बेचिने पेट्रोल कै कारण जलेर खरानी भएको हो । दिपावलीको पुर्वसन्ध्यामा आईतवार साँझ पसलमा दियो बाल्ने क्रममा अचानक खनिएर बिक्रीका लागी बोतलमा राखिएको पेट्रोलमा सल्केको थियो । त्यस पछि तिब्र गतीमा पैmलिएको आगोले क्षण भर मै पसल खरानी बनायो ।

    आगो निभाउने प्रयास गर्दा पसल संचालक मञ्जु पनि घाईते भईन । उनको खुट्टाको केही भाग जलेको छ । आगलागीबाट कटघरा, किराना समाग्री तथा विक्रीका लागी प्लास्टीक बोतलमा भरेर राखिएको एक दर्जन पेट्रोलका बोतल समेत जलेर नष्ट भइ १ लाख बराबरको क्षती भएको मञ्जुले सुनाईन ।

    आगलागीबाट मञ्जुको पसल संगै छिमेकी बलराम राउतको पसलमा समेत १० हजार बराबरको क्षती भएको पीडीत पसले राउतले सुनाए । स्थानीयवासीको मदतले आधी घण्टाको प्रयास पश्चात आगोमाथी नियन्त्रण कायम गरिएको थियो ।

    असाबधानी र सुरक्षाको दृष्टिकोणले सम्बेदनशील मानिने अति प्रज्वलनशील पर्दाथ पेट्रोल समेत बोतलमा राखेर विक्री गर्दै आएको सो किराना पसल पेट्रोल कै कारण जलेर खरानी भएको स्थानीयको भनाई छ । नेपाल आयल निगमबाट स्वीकृती लिएर खोलिएका पेट्रोल पम्पले मात्र विक्री गर्न पाउने व्यवस्था भएपनि जिल्लाको दर्जनौ स्थानमा पान, किराना र मोटरसाईकल ग्यारेज लगायतका पसलमा समेत बोतलमा राखेर पेट्रोल विक्री भइरहेको पाईएको छ ।

    जसले आगलागीको जोखिम बढाएको छ । जथाभावी यस्ता प्रज्वलनशील पर्दाथ विक्री गर्दा भविष्यमा समेत यस्ता घटना दोहोरीन सक्ने भन्दै स्थानीयले यस तर्फ सम्बन्धित निकायद्वारा बेलैमा अनुगमन गरी यस्ता कार्यमा रोक लगाउनु पर्नेमा जोड दिएका छन ।

    प्रकाशित मिति :कार्तिक ४ २०८२ मंगलवार - १६:३६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij