२०८२ माघ ११ गते आइतवार
काठमाडौं । विपिन जोशीको शव नेपाली सेनाले हेलीकप्टरमार्फत उनको घर कञ्चनपुरमै पुर्याउने भएको छ।
विमानस्थलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत उच्च पदस्थहरूले विपिनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका हुन्।
त्यसलगत्तै विपिनको शव धनगढी लगिएको हो। नेपाली सेनाको स्काईट्रकले शव धनगढी पुर्याउने छ। त्यसपछि सेनाको स्थानीय युनिटले शव धनगढी हुँदै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घरमा लग्ने छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij