२०८२ माघ ११ गते आइतवार
काठमाडौं । विपिन जोशीको पार्थिव शरीर सोमबार दिउँसो काठमाडौं ल्याइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले स्वर्गीय जोशीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिर शान्तिको कामना गरेकी छन्।
प्रधानमन्त्री कार्कीले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकी छन्। शोकसभामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृह मन्त्री ओम प्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, मुख्य सचिव, परराष्ट्र सचिव, नेपालका लागि इजरायली राजदूत लगायतका विशिष्ट महानुभावहरूले पनि श्रद्धाञ्जली व्यक्त गरे।
जोशीको शव आजै विमानबाट धनगढीसम्म र त्यहाँबाट कञ्चनपुरस्थित उनको घरमा पुर्याउने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij