२०८२ कार्तिक ३ गते सोमवार
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओली कानूनभन्दा माथि नरहनुभएको बताएका छन् ।
सिंहदरबारमा सोमवार पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ र २४ गतेको घटनालाई लिएर आफूलाई पक्राउ गर्न सरकारलाई चुनौती दिएका थिए ।
गृहमन्त्री अर्यालले ओलीको उक्त चुनौतीलाई कानून मान्दिन भनेको भन्ने संज्ञा दिएका छन् । उनले पहिला केपी ओली कानूनभन्दा माथि भएपनि अब नभएको बताएका छन्।
उनले भने, ‘यो चाहीँ कानून मान्दिन भनेको हो, उहाँले । केपी ओली मात्रै कानुनभन्दा माथी बस्ने पहिलाको चाँही त्यस्तो थियो । अहिले हुँदैन ।’
उनले केपी ओलीलाई उपत्यकाका नछाड्न सरकारले नभई भदौ २३ र २४ गतेको घटना छानविन गर्न बनेको आयोगले भनेको बताएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij