Logo

२०८२ कार्तिक ३ गते सोमवार

२०८२ कार्तिक ३ गते सोमवार

दीपावली मनाउन जनकपुरधाममा भव्य तयारी

दीपावली मनाउन जनकपुरधाममा भव्य तयारी


  • 365
    Shares

    दीपावली मनाउन जनकपुरधाममा भव्य तयारी
    images

    काठमाडौं । हिन्दु धर्मावलम्वीहरुको पर्व दीपावली मनाउन जनकपुरधाममा भव्य तयारी गरिएको छ । धनधान्यकी देवी लक्ष्मीको पूजा तथा आराधना गरी दिपावली मनाउन भव्य तयारी गरिएको हो । 

    दीपावलीलाई मध्यनजर गरी जनकपुुरधामलाई बेहुलीझैँ सजाइएको छ । जनकपुरधाम बजारमा चहल पहल समेत बढेको छ । केराको बोट, हरियो पात र फुलमालाले सुनरपट्टी लगायतका क्षेत्र झकिझकाउ पारिँदैछ । मिष्ठान भण्डारहरुमा प्रसादका लागि मिस्ठान किन्नेहरुको भीड लागेको छ ।

    दिपावली सामान्य व्यक्ति भन्दा पनि उद्योगी व्यवसायीहरुले बिशेष तमझामका साथ मनाइरहेको देखिएको छ । व्यापारीहरु आ–आफ्ना व्यापारिक प्रतिष्ठानहरुलाई सजाएका छन् । यता जनकपुरधाम उपमहानगरपालिकाले पनि दिपवालीको पूर्वसन्ध्यामा नगर सरसफाई गरिएको थियो । त्यस्तै विद्युतीय पोलहरुमा नयाँ बल्वहरु समेत जडान गरिएको हो । 

    प्रकाशित मिति :कार्तिक ३ २०८२ सोमवार - १३:२८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij