Logo

२०८२ कार्तिक ३ गते सोमवार

२०८२ कार्तिक ३ गते सोमवार

ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था

ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था


  • 274
    Shares

    ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था
    images

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुका लागि हवाई भाडामा छुट दिने निर्णय गरेको छ ।

    प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष तथा नेपालका आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिबिच आइतबार भएको बैठकको सहमतिअनुसार भाडा छुटको निर्णय भएको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ ।

    सहमतिअनुसार ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले हवाई टिकटमा नेपाल सरकारले तोकेको अधिकतम भाडदरमा ५० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी ७५ वर्षभन्दा माथिका यात्रुका लागि ७० प्रतिशत र ८० वर्षभन्दा माथिका यात्रुका लागि ८० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

    फरक क्षमता भएका यात्रुका लागि पनि न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित गरिने भएको छ । प्राधिकरणले सहमति भएका व्यवस्था आइतबारदेखि नै लागू गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । 

     

    प्रकाशित मिति :कार्तिक ३ २०८२ सोमवार - ११:५१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij