२०८२ कार्तिक ३ गते सोमवार
काठमाडौं । सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि सङ्खुवासभाको मकालु गाउँपालिका-३ की २९ वर्षीया सीता तामाङको हवाई उद्धार गरिएको छ ।
पाथिभरा स्वास्थ्य चौकीमा सुत्केरी हुन पुगेकी उनीको स्वास्थ्य अवस्था जटिल भएपछि आज विहान नेपाली सेनाको हेलिकप्टर मार्फत् विराटनगरस्थित कोशी अस्पतालमा लगिएको हो ।
आइतबार बेलुका उनी सो चौकीमा गएकी थिइन् । स्वास्थ्यकर्मीले उनीको परीक्षणका क्रममा नवजात शिशुका अवस्था जटिल देखिएको जनाउँदै तत्काल ‘रिफर’ गरेका थिए । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार आज बिहान मकालु-३ सिम्मास्थित शोभा आधारभूत विद्यालयको मैदानबाट हेलिकप्टरमार्फत गर्भवती तामाङको उद्धार गरिएको हो ।
उनले भने, ‘समयमै हवाई उद्धार हुँदा गर्भवतीको ज्यान जोगिएको हो ।’ राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत तामाङलाई विराटनगरस्थित कोशी अस्पताल पुर्याइएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij