Logo

२०८२ कार्तिक ३ गते सोमवार

२०८२ कार्तिक ३ गते सोमवार

लागुऔषध अनुसन्धान गर्ने घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा

लागुऔषध अनुसन्धान गर्ने घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा


  • 456
    Shares

    लागुऔषध अनुसन्धान गर्ने घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा
    images

    काठमाडौं । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ । 

    महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । कार्यालय प्रमुख (एसपी)डा.रामचन्द्र सत्यालले सोमबार आयोजित कार्यक्रममा घुङ्ग्रुलाई अवार्ड प्रदान गरेका हुन् ।

    हवाई मार्ग हुँदै काठमाडौं आउने र विदेशतर्फ तस्करी गर्न लागिएको गाँजा लगायतका लागुऔषध अनुसन्धानमा घुङ्ग्रुले उत्कृष्टता हासिल गरेको केनाईन कार्यालयका प्रमुख डा.रामचन्द्र सत्यालले बताएका छन् ।

    अपराध अनुसन्धानमा खटिँदै आएका कुकुरहरु मध्येबाट यो वर्ष घुङ्ग्रु कुकुर उत्कृष्ट घोषित भएको छ । उक्त कुकुरलाई मेडल प्रदान गरिएको छ । घुङ्ग्रुका ह्याण्डलरले प्रमाणपत्र ग्रहण गरेका थिए । घुङ्ग्रुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने गाँजा तस्करी अपरेशनमा सहयोग गरेको छ ।

    घुङ्ग्रुले सुँघेर २०८१ चैत र २०८२ साउनमा विमानस्थलमा दुई वटा लागुऔषधको घटना पत्ता लगाएको थियो । २०८० चैत ४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित कार्गो कम्प्लेक्सको आयात तर्फको गोदाममा चेकजाँच गर्दा घुङ्ग्रुले वासिङ मेशिनमा लागुऔषध रहेको सङ्केत गरेको थियो । सो सङ्केतको आधारमा २० केजी गाँजा भेटिएको थियो ।

     

     

    प्रकाशित मिति :कार्तिक ३ २०८२ सोमवार - ११:२५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij