Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

विपिनको शव आज काठमाडौँ ल्याइँदै

विपिनको शव आज काठमाडौँ ल्याइँदै


  • 764
    Shares

    विपिनको शव आज काठमाडौँ ल्याइँदै

    काठमाडौं । हमासले बन्धक बनाएका बेला मारिएका विपिन जोशीको शव आज (सोमबार) नेपाल ल्याइपुर्‍याइँदै छ। 

    सरकारका अनुसार उनको शव आज दिउँसो ३ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्‍याइनेछ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री कुलमान घिसिङले विपिनको शव बुझ्न र श्रद्धाञ्जली व्यक्त गर्न आज दिउँसो ३ बजे त्रिभुवन विमानस्थल पुग्ने कार्यक्रम रहेको जानकारी दिए। 

    काठमाडौँबाट विपिनको शव नेपाली सेनाको संयोजनमा उनको घर कञ्चनपुर पुर्‍याइने परराष्ट्र मन्त्रालयले जनाएको छ। शव नेपाल पठाउनुअघि विपिन जोशीलाई आइतबार इजरायलमा कार्यक्रम आयोजना गरी श्रद्धाञ्जली दिइएको थियो। 

    किबुज क्षेत्रमा रहेको कृषि फार्ममा १७ नेपाली विद्यार्थी बस्थे। विपिनको मृत्यु पुष्टि भएसँगै हमासको आक्रमणमा मारिने नेपालीको संख्या ११ पुगेको छ। 

    प्रकाशित मिति :कार्तिक ३ २०८२ सोमवार - ०८:०३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij