Logo

२०८२ कार्तिक १ गते शनिवार

२०८२ कार्तिक १ गते शनिवार

सात गाडी दुर्घटना अपडेट: २ जनाको अवस्था गम्भीर, यी हुन् २१ घाइते (नामसहित)

सात गाडी दुर्घटना अपडेट: २ जनाको अवस्था गम्भीर, यी हुन् २१ घाइते (नामसहित)


  • 456
    Shares

    सात गाडी दुर्घटना अपडेट: २ जनाको अवस्था गम्भीर, यी हुन् २१ घाइते (नामसहित)
    images

    काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ स्थित गाईघाटमा आज (शनिबार) बिहान ७ वटा सवारीसाधन आपसमा ठोकिँदा घाइते भएका २१ जनाकै पहिचान खुलेको छ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर छ। चितवनका खैरहनी नगरपालिकाकी जुना तामाङ र रत्ननगर नगरपालिकाकी सरु चेपाङ गम्भीर घाइते भएका हुन्। उनीहरूको उपचार भरतपुरस्थित नेसनल सिटी हस्पिटलमा उपचार भइरहेको छ।

    अन्य घाइतेमा तनहुँको देवघाट गाउँपालिका-५ स्थित ५२ वर्षीय युवराज साखी, सोही ठाउँका शर्मिला साखी, अर्चना साखी, हेटौँडा उपमहानगरपालिका-७ का अजय स्याङ्तान छन्। 

    यस्तै नवलपरासी-९, बर्दघाट सुस्ता पश्चिमका ३२ वर्षीय प्रकाश पाण्डे, पवित्रा पाण्डे, सोही ठाउँका प्रज्ञा पाण्डे, आसुतोष पाण्डे, कलश पाण्डे, पुष्पा भण्डारी, चितवनको खैरहनी नगरपालिका-२ बस्ने कृपा नेपाल, केदार नेपाल, काव्य नेपाल, इस्मिरिका राना मगर र काठमाडौँकी १८ वर्षीया कला दुर्लाकोटी छन्।

    उनीहरूको उपचार नेसनल सिटी अस्पताल भरतपुरमा भइरहेको छ। यस्तै नवलपरासी बा ४ ख ७४२० नम्बरको बसमा सवार नवलपरासीस्थित कावासोतीका श्रीराम रानाभाट, पार्वती रानाभाट, निशान रानाभाट र विपिन्सा रानाभाट घाइते भएका छन्। उनीहरूको उपचार जनता केयर अस्पताल मुग्लिनमा भइरहेको छ।

    नेसनल सिटी अस्पतालमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना, जनता केयर अस्पतालमा ४ जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

    दुर्घटनापश्चात् अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खुलिसकेको छ। आज बिहान ७ बजेतिर सातवटा सवारीसाधन एकअर्कासँग ठक्कर खाएका थिए। भरतपुर महानगरपालिका–२९ स्थित गाईघाटमा मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस ठोकिएका थिए।

    यसपछि बसका पछाडि लस्करै रहेका ना ७ ख ९६०७ नम्बरको टेलर, बागमती प्रदेश ०६–००१ ग ०४८४ नम्बरको विद्युतीय माइक्रो, ग २ ख १६२६ नम्बरको बस, त्यसपछाडिको ना ३ च ३२५६ नम्बरको बलेरो र बीएबी ८४७० नम्बरको कार आपसमा ठोकिन पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

    प्रकाशित मिति :कार्तिक १ २०८२ शनिवार - १३:३४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij