२०८२ आश्विन ३१ गते शुक्रवार
काठमाडौं । काठमाडौं महानगरपालिकाका विपद् व्यवस्थापन विभागका महाशाखा प्रमुख विष्णुप्रसाद जोशीले २४ भदौ राति नै सिंहदरबारमा लागेको आगो निभाउन दमकल पुगेको बताएका छन् ।
शुक्रबारको कार्यपालिका बैठकमा महाशाखा प्रमुख जोशीले २४ भदौको राति ८:१५ बजे महानगरको दमकल पुगेर आगो निभाउने प्रयास गरेको बताएका हुन् । सिंहदरबारमा लागेको आगो निभाउन दमकल पठाउन गरिएका धेरै प्रयासहरू भीडका कारण असफल भएको उनको भनाइ छ ।
‘सिंहदरबारको आगो निभाउन दमकल २४ भदौको राति ८:१५ बजे पुगेको थियो । दुई दमकल पानीले आगो निभाउने प्रयास गरिएको पनि हो । यसको प्रमाणहरू सम्बन्धित निकायमा बुझाइ सकेका छौं,’ उनले भने, ‘आगो निभाउनका लागि विभिन्न स्थानबाट फोन आइरहेको थियो । तर, ५ वटा मात्रै दमकल हामीसँग थियो । कता-कता पुर्याउने ?’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij