Logo

२०८२ आश्विन ३१ गते शुक्रवार

२०८२ आश्विन ३१ गते शुक्रवार

दल घोषणा गर्दै मिराज ढुंगाना

दल घोषणा गर्दै मिराज ढुंगाना


  • 547
    Shares

    दल घोषणा गर्दै मिराज ढुंगाना
    images

    काठमाडौं । 'गरिखान देउ' अभियानका संयोजक मिराज ढुंगानाले पार्टी घोषणा गर्ने भएका छन्। शनिबार काठमाडौंमा होटल एभरेस्टमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरी पार्टी घोषणा गर्न लागेको उनले बताएका छन्। 

    टिकटकमा एक भिडिओ सार्वजनिक गर्दै उनले पार्टी खोल्नै पर्ने अवस्था आएको र त्यसका लागि वार्ता समितिले काम गरिरहेको बताएका हुन्।

    'राजनीतिक दल खोल्नुको अर्थ यो हैन कि हामी देशको अहिले भएकै अवस्थामा चाहिँ निर्वाचनमा जान्छौँ,' उनले भनेका छन्, 'जबसम्म हाम्रो बटमलाइन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले भोट गर्ने अधिकार सुनिश्चित र भ्रष्टाचार नियन्त्रणको लागि नागरिक तहको निकाय बन्दैन तबसम्म हामी निर्वाचनमा जाने छैनौँ।'

    भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई परिवर्तन भन्दै आफूहरू अझै डटेर शान्तिपूर्ण रुपमा लड्ने बताएका छन्। 

    यो आन्दोलन देशको मुहार फेर्ने अभियान भएको र यो फर्किएर धेरै समयसम्म नआउने भन्दै उनले देशको विकास होस् भन्ने चाहना हुनेहरूलाई आफूसँग जोडिन आह्वान पनि गरेका छन्। 

    ‘देश गम्भीर अवस्थामा छ, ७८ जना नेपालीले ज्यान गुमाउनु परेको छ। अहिले देशले निकाश खोजिरहेको छ र त्यसमा हामी आफूलाई जिम्मेवार ठान्छौँ र निकास दिलाएरै छोड्छौँ’ उनको थप भनाइ छ। 

    प्रकाशित मिति :आश्विन ३१ २०८२ शुक्रवार - १३:३९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij