Logo

२०८२ मंसिर १८ गते बिहिवार

२०८२ मंसिर १८ गते बिहिवार

‘आपराधिक मानसिकताका मानिसहरूले जेनजी प्रदर्शन हिंसात्मक बनाए’: गृहमन्त्री

‘आपराधिक मानसिकताका मानिसहरूले जेनजी प्रदर्शन हिंसात्मक बनाए’: गृहमन्त्री


  • 722
    Shares

    ‘आपराधिक मानसिकताका मानिसहरूले जेनजी प्रदर्शन हिंसात्मक बनाए’: गृहमन्त्री
    images

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी प्रदर्शनमा आपराधिक मानसिकताका मानिसहरूले महत्त्वपूर्ण प्रतिष्ठान र निजी सम्पत्ति तोडफोड गरेको बताएका छन् ।

    ७० औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा मन्त्री अर्यालले भने– ‘आपराधिक मानसिकताका मानिसहरूले महत्त्वपूर्ण प्रतिष्ठान र निजी सम्पत्ति तोडफोड गरेर आन्दोलन हिंसात्मक बनाए ।’

    जेनजी प्रदर्शन अपेक्षा गरिएकाभन्दा फरक बन्न पुगेको मन्त्री अर्यालको भनाइ छ । अभावमा रहेको प्रहरीलाई जेनजी प्रदर्शनमा भएको आक्रमणले थप प्रभाव पारेको अर्यालले बताए । उनले भने– ‘प्रहरीलाई साधन स्रोत उपलब्ध गराउन गृह मन्त्रालयले गम्भीरताको साथ प्रयास गर्नेछ ।’

    भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा ३ जना प्रहरी कर्मचारीले ज्यान गुमाएका छन् । प्रदर्शनमा मृत्यु भएका असई मिलन राय र सहायक हवलदार अमृत गुरुङ सहितका परिवारलाई गृहमन्त्रीले सम्मान गरेका छन् ।

    पछिल्लो केही दिनयता धार्मिक र साम्प्रदायिक विरोधले भाइचारामा खलल पार्ने दुष्प्रयास भइरहेको अर्यालले बताए । उनले भने– ‘साम्प्रदायिक विषयलाई समयमै इन्टरभेन गर्न म निर्देशन दिन चाहन्छु ।’ 

    प्रकाशित मिति :आश्विन ३१ २०८२ शुक्रवार - १३:२८:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij