Logo

२०८२ चैत्र १४ गते शनिवार

२०८२ चैत्र १४ गते शनिवार

कांग्रेस केन्द्रीय समितिको बैठक सुरु, सदस्यहरूले एजेन्डा केन्द्रित धारणा राख्दै

कांग्रेस केन्द्रीय समितिको बैठक सुरु, सदस्यहरूले एजेन्डा केन्द्रित धारणा राख्दै


  • 1.1K
    Shares

    • images
    कांग्रेस केन्द्रीय समितिको बैठक सुरु, सदस्यहरूले एजेन्डा केन्द्रित धारणा राख्दै

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको तेस्रो दिनको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा बिहीबार महामन्त्री गगन थापाले प्रस्तुत गरेका एजेन्डामा केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् ।

    कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसिरहेको बैठकमा महामन्त्री थापाले बिहीबार जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटन र घोषित फागुन २१ को निर्वाचन, मुलुकको शान्ति सुरक्षा एवं सुशासनको अवस्था, पार्टीको पन्ध्रौँ महाधिवेशन गर्नका लागि कार्यतालिका निर्माण, क्रियाशील सदस्यतालगायत विषयमा ८ एजेन्डा प्रस्तुत गरेका थिए ।

    तीनै एजेन्डाका केन्द्रित रहेर आज सदस्यहरूले धारणा राख्नेछन् । बिहीबारको बैठकमा सात सदस्यले मात्रै धारणा राखेका थिए । 

    असोज २६ गतेबाट सुरु बैठकमा पहिलो दिन सभापति शेरबहादुर देउवाले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए । 

    प्रकाशित मिति :आश्विन ३१ २०८२ शुक्रवार - ११:४९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij