Logo

२०८२ चैत्र १४ गते शनिवार

२०८२ चैत्र १४ गते शनिवार

जेनजी भन्दै उच्च तहका कर्मचारीहरूलाई धम्क्याउने शाहीसँग भेटियो प्रहरीको परिचय पत्र

जेनजी भन्दै उच्च तहका कर्मचारीहरूलाई धम्क्याउने शाहीसँग भेटियो प्रहरीको परिचय पत्र


  • 2.0K
    Shares

    • images
    जेनजी भन्दै  उच्च तहका कर्मचारीहरूलाई धम्क्याउने शाहीसँग भेटियो प्रहरीको परिचय पत्र

    काठमाडौं । जेनजी प्रदर्शनपछि उच्च तहका कर्मचारीहरूलाई धम्क्याउँदै हिँड्ने अर्जुन बहादुर शाहीको साथबाट प्रहरीले असईको परिचयपत्र बरामद गरेको छ ।

    असोज २९ मा पक्राउ परेका शाहीको साथबाट प्रहरी असईको परिचयपत्र बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताएका छन् ।

    अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ घर भएका २६ वर्षीय अर्जुन बहादुर शाही ठगी र बैंकिङ कसुरको फरार अभियुक्त समेत रहेका छन् । 

    शाहीको टोलीले नागरिक उड्ययन प्राधिकरण, वायुसेवा निगमदेखि अख्तियारको केन्द्रीय कार्यालयमा पुगेर ज्ञापन पत्रको नाममा त्यहाँको नेतृत्वलाई धम्क्याएको, कोरिया पठाउँछु भनेर ६ जनाको पासपोर्ट लिएको र युवाहरूलाई कोरिया पुगेर रकम दिए हुन्छ भनेर उनले चेक लिएको र त्यसमा रकम भरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

     

    प्रकाशित मिति :आश्विन ३० २०८२ बिहिवार - १६:०३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij