Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

कर्मचारीहरूलाई थप सुविधा दिएर भएपनि सेवालाई निरन्तरता दिन क्यानलाई प्रधानमन्त्री कार्कीको निर्देशन

कर्मचारीहरूलाई थप सुविधा दिएर भएपनि सेवालाई निरन्तरता दिन क्यानलाई प्रधानमन्त्री कार्कीको निर्देशन


  • 1.4K
    Shares

    कर्मचारीहरूलाई थप सुविधा दिएर भएपनि सेवालाई निरन्तरता दिन क्यानलाई प्रधानमन्त्री कार्कीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई कर्मचारीहरूलाई सुविधाजनक काममा लगाएर भएपनि सेवा निरन्तर राख्न निर्देशन दिए।

    बिहीवार क्यान बोर्डसँगको छलफल प्रधानमन्त्रीले सो निर्देशन दिएको क्यानकी बोर्ड सदस्य रोशन चित्रकारले जानकारी दिए । उनकाअनुसार बैठकमा जिल्ला अदालत काठमाडौंको भवनमा आगलागी भएको कारण कठिनाई भएको भन्दै बबरमहलस्थित प्राधिकरणको कार्यालयबाट सेवा सञ्चालन गर्नेबारे पनि छलफल भएको छ । 

    उनले भने, ‘आजको बैठकमा समसामयिक घटनाक्रमको बारेमा छलफल भएको हो । आजको बोर्ड बैठकमा यो समयमा कर्मचारीले कसरी काम गर्ने ? कसले कहाँ कसरी मिलेर काम गर्न सकिन्छ भन्नेबारे नै छलफल भएको हो । सम्माननीय प्रधानमन्त्रीज्युले कर्मचारीलाई पायक पर्ने काममा लगाएर भएपनि काम गर्ने कुरामा निर्देशन दिनुभएको छ । काम बन्द नगर्न भन्नुभएको छ । अदालत भवन जलेर गाह्रो भएको कारण प्राधिकरणको पछाडिको ठाउँबाट काम गर्ने विषयमा पनि छलफल भयो ।’

    अन्य विमानस्थलहरु सञ्चालन गर्नेबारे छलफल नभएको चित्रकारको भनाइ छ ।

    प्रकाशित मिति :आश्विन ३० २०८२ बिहिवार - १४:४५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij