२०८२ आश्विन ३० गते बिहिवार
काठमाडौं । निर्वाचन आयोग र राजनीतिक दलहरूबिचको छलफल जारी छ । आगामी फागुन २१ गते सरकारले तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचनका विषयमा आयोगले राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरिरहेको हो ।
छलफलमा नेपाली काँग्रेसबाट मीन विश्वकर्मा, नेकपा एमालेबाट गुरु बराल, माओवादी केन्द्रको तर्फबाट देव गुरुङ, रास्वपाका हरि ढकाल, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे लगायत सहभागी छन् ।
नेपाली कांग्रेस र नेकपा एमाले संसद्को पुनः स्थापना गर्नुपर्ने पक्षमा देखिएका छन् । अन्य दलहरू भने तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा दृढ देखिँदै आएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij