२०८२ आश्विन २९ गते बुधवार
काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २२.५८ अंकले घटेर २,५०५ को विन्दुमा कायम भएको छ ।
आज ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २०६ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१८ कम्पनीको ७६ लाख ११ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १० करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २० करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको १३ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बैंकिङ ०.५४, विकास बैंक १.१४, फाइनान्स १.१०, होटल तथा पर्यटन १.०६, हाइड्रोपावर १.१८, लगानी ०.९८, जीवन बीमा ०.७५, उत्पादन तथा प्रशोधन ०.३९, माइक्रोफाइनान्स ०.५६ प्रतिशत घटेको छ । त्यस्तै निर्जीवन बीमा ०.६५ र अन्य समूह १.२२ प्रतिशत घटेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij