२०८२ आश्विन २९ गते बुधवार
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछिको विकसित घटनाक्रमबारे विशेष प्रस्ताव ल्याएका छन् ।
बुधबारबाट ललितपुरको जावलाखेलमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले ६ पन्ने विशेष प्रस्ताव ल्याएका हुन् ।
उनको प्रस्तावमा आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पार्टीको ११ महाधिवेशन देखि प्रतिनिधि सभा पुनर्स्थापना समेत समेटिएको छ ।
ओलीले भदौ २३ को जनेजी आन्दोलन, संसद् भवनमाथि आक्रमण र गोली प्रहार, भदौ २४ को त्रासदीपूर्ण घटना, वर्तमान सरकार, प्रतिनिधि सभा विघटन, फागुन २१ को निर्वाचन,छानबिन आयोग लगायतका सम्बन्धमा आफ्नो प्रस्तावमा समेटेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij