Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

जेनजी आन्दोलनका क्रममा बेपत्ता थुक्तेन अझै फेला परेनन्

जेनजी आन्दोलनका क्रममा बेपत्ता थुक्तेन अझै फेला परेनन्


  • 519
    Shares

    जेनजी आन्दोलनका क्रममा बेपत्ता थुक्तेन अझै फेला परेनन्
    images

    काठमाडौं । नाम्खा गाउँपालिका-३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि बेपत्ता भएका छन् । उनी काठमाडौंमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बेपत्ता भएको र अझै सम्पर्कमा नआएको थुक्तेनको परिवारजनले बताएका छन् । 

    चौबीस वर्षीय थुक्तेन काठमाडौंको तीनचुलीमा बस्दै आएका थिए । नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकाएर एक वर्ष अगाडिदेखि तीनचुलीमा भतिजासँगै बस्दै आए पनि आन्दोलन भएको दिनदेखि सम्पर्कमा नआएको उनका बुबा टैछिरिङ लामाले बताएका छन् । उनका अनुसार भदौ २३ गतेको आन्दोलनमा सहभागी भएर थुक्तेन सकुशल कोठा फिर्ता भएका थिए ।

    भदौ २४ गते कोठाबाट निस्केको र त्यसपछि बेपत्ता भएको थुक्तेनका बुबा टैछिरिङले बताएका छन् । बेपत्ता छोराको खोजी गरिदिन उनले सबैमा आग्रह गरेका छन् । बेपत्ता थुक्तेन उनका कान्छा छोरा हुन् । थुक्तेनका बारेमा जिल्ला प्रहरी कार्यालय हुम्ला र काठमाडौं प्रहरीलाई जानकारी गराइएको बुबा टैछिरिङले बताएका छन् ।  

     

    प्रकाशित मिति :आश्विन २९ २०८२ बुधवार - १३:३४:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij