Logo

२०८२ चैत्र १४ गते शनिवार

२०८२ चैत्र १४ गते शनिवार

मध्यराति बझाङ केन्द्रबिन्दु भएर भूकम्प

मध्यराति बझाङ केन्द्रबिन्दु भएर भूकम्प


  • 1.0K
    Shares

    • images
    मध्यराति बझाङ केन्द्रबिन्दु भएर भूकम्प

    बझाङ । बझाङमा गएराति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १ बजेर ८ मिनेट जाँदा बझाङमा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको गएको हो। 

    भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला क्षेत्रमा रहेको केन्द्रले जनाएको छ। मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको थियो। भूकम्पको धक्का बझाङ आसपासका अन्य जिल्लाहरुमा समेत महसुस गरिएको छ। स्थानीय प्रहरीले भूकम्पका कारण कुनै क्षति भएको विवरण प्राप्त नभएको जनाएको छ। 

    यही असोज १० गते रामेछापको भटौली केन्द्रबिन्दु भएर चार म्याग्निच्यूडको भूकम्प गएको थियो। यसअघि असोज १ गतेपूर्वीरुकुम र बाग्लुङको सीमा क्षेत्र पातिहाल्ने भञ्ज्याङ केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो।

    नेपाल भौगोलिक रुपमा भूकम्पीय जोखियुक्त क्षेत्रमा रहेको भूकम्पविद्हरुले बताउने गरेका छन्। 

    प्रकाशित मिति :आश्विन २९ २०८२ बुधवार - ०७:३०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij