Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

पानीको बोतल र जारको नयाँ मूल्य निर्धारण, बढी लिए कारबाही हुने

पानीको बोतल र जारको नयाँ मूल्य निर्धारण, बढी लिए कारबाही हुने


  • 421
    Shares

    पानीको बोतल र जारको नयाँ मूल्य निर्धारण, बढी लिए कारबाही हुने
    images

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुको रुपमा प्रयोग हुँदै आएको प्लाष्टिक बोतल तथा जारमा बिक्री वितरण भइरहेको साधारण प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य निर्धारण गरेको छ ।

    विभागले एक सूचना जारी गर्दै अबदेखि काठमाडौँ उपत्यकामा एक लिटर बोतलको पानी १६ रुपैयाँ र उपत्यका बाहिर २० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै, २० लिटर जारको पानी काठमाडौं उपत्यकामा ४७ रुपैयाँ र उपत्यका बाहिर ६० रुपैयाँ तोकिएको छ ।

    यसअघि व्यापारीले मनलाग्दी मूल्यमा बोतल तथा जारको पानी बिक्री गर्दै आएका थिए । विभागले तोकिएको भन्दा बढी रकममा पानीको बोतल तथा जार बिक्री वितरण गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

    व्यापारीले तोकिएको भन्दा बढी मूल्यमा पानी बिक्री गरेको पाइएमा विभाग वा मातहतका कार्यालयमा सूचना दिन आम सर्वसाधारणमा विभागले अनुरोध गरेको छ ।

    banijya.jpg

    प्रकाशित मिति :आश्विन २८ २०८२ मंगलवार - १४:०१:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij