२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा तेस्रो तिहार फ्लोरा एक्स्पो सुरु भएको छ । नर्सरी व्यवसायी सङ्घ नेपालले उक्त एक्स्पोको आयोजना गरेको हो ।
एक्स्पोको प्रवर्द्धक पुष्प विकास केन्द्र र वनस्पति विभाग रहेको छ । आयोजकका अनुसार मेलामा ७० वटा स्टल रहने छन् । यस मेलामा ३५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै ५० लाख भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।
मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति १०० र ज्येष्ठ नागरिकको लागि प्रति व्यक्ति ५० विद्यार्थीहरूको लागि निःशुल्क रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij