२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गरेका छन्।सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गरेका हुन् ।
नागरिकले उठाउँदै आएका प्रकरणहरुका फाइल खुल्छन् त ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा गृहमन्त्री अर्यालले मन्त्री आफैँ उजुरी हाल्दै हिँड्न नमिल्ने र पीडितले उजुरी दिए प्रक्रिया अघि बढ्ने बताएका छन् । लिखित रुपमा उजुरी राज्य संयन्त्रमा आए त्यसविरुद्ध प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।
गृहमन्त्री अर्यालकाअनुसार पहिला आदेशले चल्ने गरे पनि अहिले देश कानूनले चलिरहेको छ । भइरहेको कानून कार्यान्वयन हुने र कसैले त्यसमा हस्तक्षेप नगर्ने जिकिर गरेका छन्। कुनै पूर्वाग्रह राखेर नभइ कानून, प्रमण, उजुरी हेरेर राज्य संयन्त्रले काम गर्ने दाबी गरेका छन्।
उनले भने, ‘पहिला पहिला आदेशले हुन्थ्यो । अहिले कानूनले हुन्छ । जे छ, कानूनबमोजिम हुन्छ । भइरहेको कानून कार्यान्वयन हुन्छ । हस्तक्षेप कतै पनि हुँदैन । कानूनले आफ्नो कार्ष लिन्छ । बढो अर्ग्यानिक वेमा हुन्छ अब । कुनै पूर्वाग्रह राखेर पनि हुँदैन, प्रमाण हेरिन्छ, कानून हेरिन्छ । उजुरी हेरिन्छ । हाम्रा संयन्त्रहरुले त्यही हेरेर काम गर्दछन् । जहाँ प्रमाण छ, जहाँ कानूनले ठाउँ दिन्छ, त्यहाँ रिजल्ट देख्नुहुन्छ । यो सुशासनको मान्यता नै त्यही हो । फेयनेस, कानूनी आधार, प्रमाण चाहिन्छ, राज्य संयन्त्र त्यसैगरी चल्नुपर्छ । कानूनको अघि सबै समान हुन् । गल्ती गरेको छ भने सबै सजायको भागिदार हुनुपर्छ । राम्रो काम गरेको छ भने पुरस्कृत हुनुपर्छ । मान प्रतिष्ठा बढाइदिनुपर्छ । नतृत्वमा पु¥याइदिनुपर्छ, राम्रो काम गर्नेलाई । इतिहासले सम्झिनुपर्छ । नराम्रो काम गर्नुभएको छ भने कानूनबमोजिम जानुपर्छ । गिरिबन्धु लगायतका प्रकरणमा उजुरी आउनुपर्छ । उजुरी अख्तियारमा पनि आउनुप¥यो । मान्छेहरु ठगिएका छन् भने प्रहरी प्रशासनमा ल्याइदिनुभयो भने, हाम्रो नोटिसमा लिखित रुपमा ल्याइदिनुभयो भने मन्त्रीले उजुरी हाल्दै हिँड्दैन, यो अपेक्षा नगर्नुहोला । तर पीडितले बैना दिनुभएको छ, बैना संकलन गरियो, त्यही बैना सायद रिस्वदको रुपमा प्रयोग पनि भयो की रु त्यही बैना बापतको पैसा निर्णय गराउने कुरामा खर्च गरियो की रु यो कुरा त जसले देखेको, भोगेको, पीडित भएको मान्छेले राज्य संयन्त्रमा ल्याइदिनुपर्छ ।’
मन्त्री अर्यालले तोकिएको समयमा निर्वाचन हुने दाबी गरेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij