Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

लमजुङमा अरिङ्गालले टोक्दा ८२ वर्षीय वृद्धको मृत्यु

लमजुङमा अरिङ्गालले टोक्दा ८२ वर्षीय वृद्धको मृत्यु


  • 365
    Shares

    लमजुङमा अरिङ्गालले टोक्दा ८२ वर्षीय वृद्धको मृत्यु
    images

    काठमाडौं । लमजुङमा अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक वृद्धको मृत्यु भएको छ। 

    आइतबार साँझ अरिङ्गालले टोकेर गम्भीर घाइते भएका बेँसीसहर नगरपालिका–११ चितिका ८२ वर्षीय यज्ञनिधि तिवारीको पुरानो मेडिकल कलेज चितवनमा गएराति उपचारका क्रममा मृत्यु भएको हाे।

    वडाध्यक्ष शिवप्रसाद जोशीका अनुसार बाटोमा हिँड्ने क्रममा कसैले जिस्काएको अरिङ्गाललले टोकेर उनी घाइते भएका थिए। तत्काल उपचारका लागि उनलाई बेँसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा लगिए पनि थप उपचारका लागि आइतबार साँझ चितवन लगिएको थियाे।

    जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर शाहले तिवारीको मृत्यु भएको तथा शवपरीक्षण चितवनमा नै हुने र त्यहीँबाट परिवारले बुझ्ने जानकारी दिए। रासस

    प्रकाशित मिति :आश्विन २७ २०८२ सोमवार - १४:४१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij