Logo

२०८२ चैत्र १४ गते शनिवार

२०८२ चैत्र १४ गते शनिवार

२५ करोडसहित टोखाबाट पक्राउ परेका कुसाङ लामा पनि कारागारबाट फरार

२५ करोडसहित टोखाबाट पक्राउ परेका कुसाङ लामा पनि कारागारबाट फरार


  • 2.0K
    Shares

    • images
    २५ करोडसहित टोखाबाट पक्राउ परेका कुसाङ लामा पनि कारागारबाट फरार

    काठमाडौं । टोखामा २५ करोडसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा पनि कारागारबाट फरार भएका छन् ।

    सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ घर भएका फुच्चे भनिने लामा जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेको खुलेको छ ।

    सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका उनी २४ भदौको राति फरार भएका थिए । फरार भएको एक महिना बित्दा समेत न उनी कारागार फर्केका छन् न अहिलेसम्म पक्राउ नै परेका छन् ।

    कारागार व्यवस्थापन विभागले आइतबार फरार कैदीहरुको सूची सार्वजनिक गरेको थियो । उक्त सूचीमा लामाको पनि नाम रहेको छ । ४ चैत २०८१ मा टोखाबाट प्रहरीले उनले चलाएको ना ७ ख १६५२ नम्बरको ट्रकबाट युरो र डलर गरी २५ करोड रुपैयाँभन्दा बढी बरामद गरेको थियो । ट्रकका चालक लामा पनि पक्राउ परेका थिए ।

    लामाजस्तै करिब साढे ५ हजार कैदीबन्दी अझै पनि फरार रहेका छन् ।

    प्रकाशित मिति :आश्विन २७ २०८२ सोमवार - १३:२९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij