Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

चाडपर्वमा उपभोग्य वस्तुमा अधिकतम खुद्रा मूल्य अनिवार्य राख्न विभागको निर्देशन

चाडपर्वमा उपभोग्य वस्तुमा अधिकतम खुद्रा मूल्य अनिवार्य राख्न विभागको निर्देशन


  • 799
    Shares

    चाडपर्वमा उपभोग्य वस्तुमा अधिकतम खुद्रा मूल्य अनिवार्य राख्न विभागको निर्देशन

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपालीहरूको महान चाड तिहार र छठ पर्वलाई लक्षित गर्दै बजारमा हुने गतिविधिहरूलाई स्वच्छ र पारदर्शी बनाउन अनुगमनमा कडाइ गर्ने भएको छ। 

    विभागले चाडपर्वका अवसरमा उपभोक्तालाई ठगीबाट जोगाउन र बजारमा मूल्य स्थिरता कायम राख्न प्रयासरत रहेको बताएको छ।

    विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बजारमा माग र आपूर्तिबिच सन्तुलन कायम गरी मूल्य स्थिरता कायम गर्नका लागि व्यापारिक सङ्घ, सङ्गठन, व्यवसायी, उपभोक्तावादी सङ्घ र उपभोक्ताहरूको महत्त्वपूर्ण योगदान आवश्यक छ।’

    यस्तै नियमित बजार अनुगमनका क्रममा विशेष गरी तिहार र दीपावलीमा प्रयोग गरिने भाइ मसला, तामा, चाँदीका भाँडा तथा झिलिमिली उज्यालो बनाउन प्रयोग हुने विद्युतीय सामग्री लगायतका अन्य विभिन्न वस्तुहरूमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) सहितको लेबल र मूल्य सूची नराखिएको पाइएको विभागले जानकारी दिएको छ।

    उपभोक्ताहरूलाई कुनै गुनासो भएमा यस विभागको टोल फ्री नम्बर ११३७ मा जानकारी गराउन अनुरोध गरिएको छ।

    capture_EQjciQkNUT.png

    प्रकाशित मिति :आश्विन २७ २०८२ सोमवार - १३:०५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij