Logo

२०८२ चैत्र १४ गते शनिवार

२०८२ चैत्र १४ गते शनिवार

धितोपत्र बोर्डका कर्मचारीको आन्दोलन जारी, आजको बैठकबाट थप निर्णय गर्ने तयारी

धितोपत्र बोर्डका कर्मचारीको आन्दोलन जारी, आजको बैठकबाट थप निर्णय गर्ने तयारी


  • 694
    Shares

    • images
    धितोपत्र बोर्डका कर्मचारीको आन्दोलन जारी, आजको बैठकबाट थप निर्णय गर्ने तयारी

    काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारीले आफ्ना मागका विषयमा हालसम्म कुनै पनि सम्बोधन नभएको भन्दै आन्दोलन जारी राख्ने भएका छन्।

    विगत ३ सातादेखि कर्मचारीहरुले आफूहरुले पाउँदै आएका सेवासुविधा कटौती गर्ने अर्थ मन्त्रालयको निर्णय फिर्ता र धितोपत्र बोर्डलाई स्वायत्त संस्था कायम गर्नुपर्ने माग राख्दै आन्दोलनरत रहेका छन्। कर्मचारी आन्दोलनका कारण धितोपत्र बोर्डको कामकारबाही ठप्प रहेको छ।

    सेयर लगानीकर्ताले हिजो पुँजीबजार सुधारका काम अगाडि बढाउन र धितोपत्र बोर्डको नियम काम जारी राख्न माग गर्दै घेराबन्दी गरेका थिए। धितोपत्र बोर्डले पुँजीबजार सुधार कार्यदलले ३ महिनाभित्र गर्नुपर्ने काम कार्यान्वयन चरणमा रहेको जानकारी गराएपछि लगानीकर्ताहरु राति १० बजेतिर फर्किएका थिए।

    आज ११ बजे धितोपत्र बोर्डका दुवै युनियनका कर्मचारीहरुको संयुक्त बैठक रहेको युनियनका पूर्वअध्यक्ष जीसीले बताउका छन् । 

    उनका अनुसार सोही बैठकले अगाडि कसरी बढ्ने र थप आन्दोलनका कार्यक्रम के–के गर्ने भन्ने विषयमा निर्णय गर्नेछ बताएका छन् । 

    प्रकाशित मिति :आश्विन २७ २०८२ सोमवार - १०:४९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij