Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

साढे ६ हजार भन्दा बढी कैदीबन्दी अझै फरार, कारागार विभागले सार्वजनिक गर्‍यो यस्तो सूची

साढे ६ हजार भन्दा बढी कैदीबन्दी अझै फरार, कारागार विभागले सार्वजनिक गर्‍यो यस्तो सूची


  • 449
    Shares

    साढे ६ हजार भन्दा बढी कैदीबन्दी अझै फरार, कारागार विभागले सार्वजनिक गर्‍यो यस्तो सूची
    images

    काठमाडौं । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका साढे ६ हजार भन्दा बढी कैदीबन्दीको विवरण सार्वजनिक भएको छ । कारागार व्यवस्थापन विभागले आइतबार आफ्नो आधिकारिक वेबसाइटमार्फत फरार रहेका कैदीबन्दीको नामावलीसहितको विस्तृत विवरण सार्वजनिक गरेका हो । 

    उनीहरूको खोजी र नियन्त्रणका लागि देशभरका सबै सरकारी निकायरूलाई सक्रिय हुन निर्देशन सूची सार्वजनिक भएको विभागले जानकारी दिएको छ ।  

    सार्वजनिक सूची अनुसार ५ हजार ८६८ जना नेपाली, ५४० जना भारतीय र १०८ जना भारतीय बाहेक विदेशी कैदीबन्दी फरार रहेका छन् । गृह मन्त्रालयले आइतबारकै मन्त्रीस्तरीय निर्णय अनुसार यो सूचना प्रकाशित भएको छ ।  ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पनि यो विवरण पठाइने व्यवस्था गरिएको छ ।

    अहिलेसम्म ९ हजार ८ जना कैदीबन्दी कारागारमा फर्किसकेका छन् भने अझै पनि ५ हजार ५४७ जना कैदीबन्दी कारागार बाहिर रहेका छन् । कैदीबन्दीलाई कारागारमा फिर्ता ल्याउने कार्यलाई प्रभावकारी बनाउनु जरुरी देखिएको गृह मन्त्रालयका सहसचिव एवम प्रवक्ता आनन्द काफ्लेले बताएका छन् ।

     

    प्रकाशित मिति :आश्विन २७ २०८२ सोमवार - १०:२४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij