२०८२ माघ ११ गते आइतवार
गोरखा। गोरखाको भिमसेनथापा गाउँपालिका र रातो बंगला स्कुलको सहकार्यमा गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा सञ्चालित सार्थक बाल सिकाई कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकामा शनिबार एक कार्यक्रमका बिच रातो बंगला स्कुल र गाउँपालिकाको समन्व्यमा सञ्चालित कार्यक्रमको उपलब्धी सार्वजनिकसंगै कार्यक्रमबाट सिकेका शिक्षण सिकाई निरन्तरताका लागि प्रतिबद्धता गरिएको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले रातो बंगलासंगको साझेदारीमा सञ्चालित सार्थक बाल सिकाई कार्यक्रमबाटस्थानीय सामाग्रीको प्रयोग गरेर शिक्षण सिकाईका सामाग्री निर्माण र त्यसैको माध्यमबाट थालिएको शिक्षण सिकाईले अहिले पालिका भित्रका बालकक्षाहरुमा सकारात्मक सुधार देखिन थालेको बताए ।
गाउँपालिका शिक्षा शाखाका प्रमुख यानबहादुर नेपालीले बालबालिकाहरुको सिकाई गुणस्तर बद्धि गर्न र बालकक्षारुलाई व्यवस्थित गर्न भिमसेनथापा गाउँपालिकाले रातो बंगलासंग गरिएको साझेदार निक्कै उपलब्धीमूलक भएको बताए ।
त्यस्तै रातो बंगला स्कुलका निर्देशक शान्ता दिक्षितले ससाना बालबालिकाहरुले अभ्यास गरेर र खेलेर सिक्नुपर्छ भन्ने उद्देस्यसहित भिमसेनथापा गाउँपालिकासंग साझेदारी गरेर पालिका भित्रका सामुदायिक विद्यालयहरुमा तीन बर्षसम्म सञ्चालन गरिएको बताइन् । उनले यो कार्यक्रमले गाउँपालिका भित्रका बालकक्षामा शिक्षण सिकाईमा सकारात्मक सुधार देखिएको बताएका छन् ।
गाउँपालिका र रातो बंगला स्कुलले अहिले प्राथामिक तहमा पनि साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएका छन् । गाउँपालिका र रातो बंगला स्कुल बिचको साझेदारीमा भएको तीनबर्षे सार्थक बाल सिकाई कार्यक्रमबाट सिकेका शिक्षण सिकाईले प्रभावकारी रुपमा कार्यान्व्यन गर्नसके भिमसेनथापा गाउँपालिकाको शैक्षिक विकासमा थप टेवा पुग्ने सरोकारवालाहरुको विश्वास छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij