२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । युद्धविराम सम्झौतापछि हमासले सबै इजरायली बन्धक रिहा गर्ने तयारी गरेको छ। तर रिहाइको सही समय स्पष्ट भइसकेको छैन।
बन्धकमा नेपालका विपिन जोशी पनि छन्। यद्यपि उनको वर्तमान अवस्थाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विभिन्न थरीका रिपोर्ट दिइरहेका छन्। कुनैले उनको अवस्था अज्ञात भनेको छ त कुनैले उनलाई जीवित बन्धकको सूचीमा राखेको छ।
हमासले बन्धकहरू रिहा गर्न स्थानीय समयअनुसार आज (सोमबार) दिउँसो १२ बजे (नेपाली समय दिउँसो २:४५) सम्मको समय दिएको छ।
के भन्यो इजरायलले ?
इजरायली सरकारका प्रवक्ता शोश बेद्रोसियानले स्थानीय समय सोमबार बिहान सबै २० जीवित बन्धक रेडक्रसलाई हस्तान्तरण गर्ने अपेक्षा गरिएको बताएका छन्।त्यसपछि उनीहरूलाई इजरायल ल्याइनेछ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायल बन्धकहरूलाई लिन तयार रहेको बताएका छन्।
गाजाबाट के जानकारी प्राप्त भएको छ ?
गाजाको हमास-नियन्त्रित नागरिक रक्षाले जीवित इजरायली बन्धकहरूको गणना पूरा गरिसकेको र उनीहरूलाई रिहाइ गर्नुअघि विभिन्न स्थानमा तितरबितर पारिएको छ।
स्रोतहरूले बीबीसीलाई बताएअनुसार हमासले अझै पनि मारवान बरघौती र अहमद सदातलगायत सात उच्च(प्रोफाइल बन्दीहरूको रिहाइको माग गरिरहेको छ। ती सातमध्ये दुई जना पनि रिहा भए भने बाँकी रहेका सबै बन्धकहरूलाई आज रिहा गरिनेछ।
अमेरिका के भनिरहेको छ ?
अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले एनबीसीको' मिट द प्रेसुमा भनेका छन्,'बन्धकहरूलाई जुनसुकै बेला रिहा गर्न सकिन्छ।'
उनले थपे,'राष्ट्रपति ट्रम्पले सोमबार इजरायल आइपुगेपछि रिहा गरिएका बन्धकहरूसँग भेट्नुहुनेछ।'
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij